Advertisement
SKIP THIS
बाजुराको संञ्चार क्षेत्रमा रेडियो अपि जोडिदै

निराकरण सम्वाददाता अछाम :बाजुरा जिल्लाको संञ्चार क्षेत्रमा एउटा नयाँ संञ्चारमाध्यम रेडियो अपि जोडिने भएको छ ।

सोमबार नेपाली काँग्रेसका नेता एवम पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गीरीले एक कार्यक्रमका बिच सामुदायि रेडियो अपिको भवन शिलान्यास गरेका छन । पूर्व मन्त्री गिरीले बुढिनन्दा नगपालिकाको वडा नम्बर दुई स्थित कोल्टीमा सामुदायिक रेडियो अपिको भवनको शिलान्यास गरेका हुन ।

नेता गिरीले भवनको शिलान्यास गरे संगै अब बाजुरा जिल्लाको संञ्चार गृहमा सामुदायिक रेडियो अपि जोडिने भएको छ । जन उत्थान तथा वातावरण संरक्षण केन्द्र बाजुराद्धारा रेडियो अपि संञ्चलानमा आउन लागेको हो ।

बाजुरा जिल्लाको पूर्वि उत्तरी क्षेत्रलाई संञ्चार क्षेत्रमा शसक्त रुपमा प्रस्तुत गर्ने उदेश्यले सामुदायिक रेडियो अपि संञ्चालनमा आउन लागेको जन उत्थान तथा वातावरण संरक्षण केन्द्र बाजुराले बताएको छ ।

जिल्लाका उत्तरी क्षेत्रमा रहेका चार ओटा स्थानिय तह संगै छिमेकी जिल्ला हुम्ला,मुगु र कोलिकोट लगायत अन्य जिल्लाका आवाजहरु उठान गदै बाजुरा जिल्लामै एउटा शसक्त संञ्चार माध्यमका रुपमा रेडियो अपिलाई स्थापित गर्न उक्त रेडियोको स्थापना गरिएको जन उत्थान तथा वातावरण संरक्षण केन्द्र बाजुराका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन । हाल बाजुरा जिल्ला भरीमा जम्मा छ वटा रेडियोहरु संञ्चालनमा रहेका छन ।

तपाईको प्रतिक्रिया