Advertisement
SKIP THIS
आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेटको बारेमा मेल्लेख गाउँपालिकामा छलफल

निराकरण सम्वाददाता अछाम : मेल्लेख गाउँपालिका गाउँकार्यपालिकाकाे बैठक अाज सम्पन्न भएकाे छ ।

मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहराकाे अध्यक्ष्यतामा भएकाे बैठकमा गाउँपालिकाबाट अागामि आर्थिक बर्ष २०७८/०८९को लागि पारित गरिने निती तथा कार्यक्रम र बजेटकाे बिषयमा छलफल भएकाे छ।

यस्तै यस अघि मेललेख गाउँपालिका अन्तर्गतका वडाहरुमा भएकाे बिकास निर्माणकाे अबस्था योजनाको समिक्षा अागामि बर्षकाे बजेट कार्यन्वयन गर्ने बिषयमा समेत छलफल गरिएकाे छ ।

गाउँपालिकाबाट आगामि आर्थिक बर्ष २०७८/०८९को पारित गरिने निती तथा कार्यक्रमकाे लागि प्रत्येक वडाबाट सुझाव संकलन गरी गाउँपालिकामा छलफल गरिएकाे छ ।

बैठकममा गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहि मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का वडा अध्यक्षहरु कार्यपालिका सदस्य हरुकाे सहभागिता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया