Advertisement
SKIP THIS
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

बझाङ:बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

जिल्लाको तलकोट गाउँपालिका–६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो।

धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेपछि पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिए।

प्रहरी चौकी मेलविसौनाबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी गरेको खड्काले बताए।

तपाईको प्रतिक्रिया