बिक्रम खड्का डोटी ;जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तर गरिएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोग तथा सामुदायिक बिकास केन्द्र, डोटी र समान पहुच बिकास केन्द्र डोटी संगको साझेदारीका ७३ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । उक्त स्वास्थ्य सामग्री शुक्रवार सिडिसीका अध्यक्ष हेम राज जोशीले जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकिय अधिकृत मधुसुदन पौड्याललाई हस्तान्तरण गरे।
संस्थाद्धारा अक्सिजन फ्लो मिटर ३५ थान, अक्सिजन सिलिन्डर नोजल ७ थान, र अक्सिजन मास्क ३५ थान स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको वल्र्ड भिजनका प्रतिनिधि गांगी बलायरले जानकारी दिए ।
प्रशासकिय अधिकृत मधुसुदन पौड्यालले यस भन्दा अगाडी करिब २२ लाख बरावरको अक्सिजन सिलिन्डर सहितका सामाग्री उक्त संस्थाहरुबाट उपलब्ध भएको बताए ।
डिसीसीएमसीलेआवश्यकता अनुसार जिल्ला अस्पताल तथा अन्य पालिकाहरुलाई उपलब्ध गराईएको र सम्बन्धित ठाँउहरुमा उपलब्ध गराईएका सामाग्रीहरु पनि प्रदान गरिने साथै महामारी नियन्त्रणका लागि गैर सरकारी संस्थाहरूको ठुलो योगदान रहेको कुरा बताए ।