अछाम :नेकपा एमाले अछामले वयलपाटा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बयालपाटा अस्पताललाई नेकपा एमालले १० हजार सिटामोल र १ हजार माक्स सहयोग गरेको छ । नेकपा एमालेका उपाध्यक्ष प्रकाश शाह, नगर कमिटी ईन्चार्ज शिलोज कुँवर, जिल्ला सचिवालय सदस्य केशर मियाले सयुक्त रुपमा वयलपाटा अस्पतालका खरिद तथा योजना शाखा प्रमुख तारामान वोहरालाई सयुक्त रुपमा सिटामोल र माक्स हस्तान्तरण गरे ।
सामग्री वुझ्दै खरिद तथा योजना शाखा प्रमुख वोहराले अहिले विपत्तिको समयमा स्वास्थ्य सामग्री सहयोग ठूलो सहयोग पुगेको बताए । यस अघि नेकपा एमालले वयलपाटा अस्पताललाई ५० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।
यस्तै जिल्ला अस्पताललाई १० हजार र अन्य पालिकालाई १० हजार गरी ३० हजार सिटामोल सहयोग गरेको जिल्ला कमिटी उपाध्यक्ष शाहले जानकारी दिए ।
नेकपा एमालेले प्रत्येक पालिका पालिकामा माक्स वितरणदेखि जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । नेकपा एमालले कोभिड नियन्त्रण सहयोग समूह मार्फत आर्थिक संकलनका माध्यमबाट स्वास्थ्य सामग्री देखि औषधि सहयोग गर्दै आएको छ ।