निराकरण सम्वाददाता अछाम:नेपाल बिद्यार्थी संघ र सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स सिडेन नेपाल अछामले सयुक्त रुपमा बयालपाटा अस्पतालमा उपचार कोरोना संक्रमित र कुरुवालाई नि शुल्क “पौष्टिक खाजा” खुवाउने अभियान आज शुक्रबार ३० दिन पुगेको छ ।
३० औं दिन पुग्दा सम्म अभियान स्वत स्फुर्त रुपमा सञ्चालन भईरहेको छ। हालसम्म अभियानबाट करिव २ हजार “पौष्टिक खाजा” सेट बितरण गरि सकीएको नेपाल बिद्यार्थी संघ अछामका नेता उमेश कुँवरले जानकारी दिए । दिन अनुसार खाजा समेत फरक फरक रुपमा खुवाइरहेको अभियान्ता हरुले बताएका छन ।
अस्पतालले बिहान बेलुका खाना दिए पनि दिउँसो बिरामीहरुले आफै ब्यवस्था गर्नु पर्ने बाध्यता रहेको थियो । कोरोना महामारीले गर्दा गरिएको लकडानबाट अस्पताल नजिकका होटल खाजा पसल बन्दा हुदाँ टाढाका बिरामीहरुले निकै शास्ती भोग्नु परेको थियो ।
नेबिसंघ र सिडेन अछामले नि शुल्क “पौष्टिक खाजा” अभियान सञ्चालन गर्दा बिरामीहरुलाई निकै सहज भएको हान अछामका उपाध्यक्ष बयालपाटा अस्पतालका आपतकालीक कक्षका इन्चार्ज तथा अभियानलाई सहयोग गरिरहेका स्वास्थ्य कर्मी छत्र साउँदले बताए। बिरामीहरु समेत दैनिक पिच्चे फरक फरक खाजा खान पाउँदा मख्ख हुने गरेका छन ।
हालल स्व स्फुर्त रुपमा अभियान सञ्चालन भएको यस अभियानलाई निरन्तरता दिन सबैले स्व स्फुत रुपमा सहयोग गरिरहेका अभियान्ता सरोज शाहलेले बताए ।