अछाम :साँफेबगर नगरपालिका वडा ६ जना वडाध्यक्षले नगरपालिकाले वडालाई तोकेको बजेट सिलिङ्ग प्रति असहमती जनाएका छन् । गत बर्षको भन्दा यस बर्ष बजेटको सिलिङ्ग ५० प्रतिशत कम भएको भन्दै उनिहरुले आपत्ती जनाएका छन् ।
शुक्रबार नगरका ६ जना वडाध्यक्ष १ कार्यपालिका सदस्यले एक विज्ञप्ती जारी गर्दै नगर प्रमुखले कुनै सहकार्य, छलफल र वास्ता नगरी बजेट तोकेर प्रेस विज्ञप्ती निकाल्नु जस्ता कार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
राजनितिक पूर्वाग्रह, अप्ठेरो पार्नु, कार्यक्रम असफल पार्नु र विकास निर्माण गर्नु हुदैँन भन्ने आफुहरुको उद्देश्य नभएको वडा नं. १, २, ३, ७, ११, १२ वडाध्यक्ष वडा नं ५ बाट निर्वाचित वडा सदस्यको सयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
बजेटको सिलिङ्ग नबढाई, सुझाब, सल्लाह नगरी अघि बढे आफुहरु नगर र वडाका कुने पनि कार्यक्रममा सहभागी नहुने र असर्मथन रहिरहने उनिहरुले विज्ञप्ती मार्फत जनाएका छन् ।
यता नगर प्रमुखले कुल बहादुर कुवरले नगरका ७८ वटा बाल विकास केन्द्रका शिक्षक, ७० वटा बिद्यालयका कर्मचारीको मासिक तलबको केही प्रतिशित नगरपालिकाले व्यहोर्नु परेका कारण वडाको बजेट कम भएको विज्ञप्ती मार्फत स्पष्ट पारेको हो ।
नगर प्रमुख कुल बहादुर कुवँरले यस बर्ष नगरपालिकालाई गत बर्षहरुको तुलनामा १ करोड ३६ लाख ५ हजार थप व्ययभार थपिएको कारण वडाको बजेट कम भएको विज्ञप्तीमा मार्फत यसघि नै उल्लेख गरेका छन् ।
नगरपालिकाकै गौरबको आयोजनाका रुपमा रहेको सुदूर लक्षित प्रानविधिक शिक्षालय, जनता क्याम्पस बयालपाटा र त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटका अधुरा भवन आउने आर्थिक बर्ष भित्रै सम्पन्न गर्नुपर्ने भएकाले पनि वडाको बजेट कम हुन गएको नगर प्रमुखद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।