Advertisement
SKIP THIS
केन्द्र सरकारले थुपारेको आर्थिक भारका कारण वडाको बजेट केहि कम,नगर प्रमुख कुवर

अछाम:जिल्लाको साँफेबगर नगरपालिकाले आफ्नो नगरका वडाको बजेट कम नभएको दावी गरेको छ । देशका ७ सय ५३ र अछामका सबै पालिका संग तुलना गर्दा आफ्नो नगरका वडाको बजेट कम नभएको नगरपालिकाले जनाएको छ ।


तर गर्त बर्षहरुको तुलनामा यस बर्ष वडाको बजेट कम भएको नगरपालिकाले विज्ञप्ती मार्फत जनाएको छ । यस बर्ष ७८ वटा बाल विकास केन्द्रका शिक्षक, ७० वटा बिद्यालयका कर्मचारीको मासिक तलबको केही प्रतिशित नगरपालिकाले व्यहोर्नु परेका कारण वडाको बजेट कम भएको नगरपालिकाले विज्ञप्ती मार्फत स्पष्ट पारेको हो ।

यस बर्ष नगरपालिकालाई गत बर्षहरुको तुलनामा १ करोड ३६ लाख ५ हजार थप व्ययभार थपिएको कारण वडाको बजेट कम भएको नगर प्रमुख कुल बहादुर कुवँरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यस्तै नगरपालिकाकै गौरबको आयोजनाका रुपमा रहेको सुदूर लक्षित प्रानविधिक शिक्षालय, जनता क्याम्पस बयालपाटा र त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटका अधुरा भवन आउने आर्थिक बर्ष भित्रै सम्पन्न गर्नुपर्ने भएकाले पनि वडाको बजेट कम हुन गएको विज्ञप्तीमा भनिएको छ ।

नगरपालिकाले १४ वटै वडाको सभा आसर ५ गते भित्र सक्ने, ७ गते नगरसभाको आयोजना गरि निति तथा कार्यक्रम प्रस्तुत गर्ने र १० गते सातौँ नगरसभाको दोश्रो बैठकबाट बजेट प्रस्तुत गर्ने कार्ययोजना बनाएको छ ।

कोरोना खोपको व्यवास्था गर्न नेपाल सरकारसंग जोडदार माग ।

नगर प्रमुख कुवँरले १८ बर्ष भन्दा माथीका सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोपको व्यवास्थ ागर्न नेपाल सरकारसंग जोडदार माग गरेका छन् । सरकारले बजारमा खोप किन्न सकिने व्यावस्था मिलाए साँफेबगरले किन्न सक्ने समेत उनले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

नगर प्रमुख कुवँरले हाल मुलुकका विभिन्न ठाँउमा मनसुनको सक्रियताले अत्याधिक बर्षा भईरहेले यसबाट बाढी पहिरोले क्षति पुर्याउन सक्ने भन्दै सबै नागरिकलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

साफेबगर नगरपालीमा नगर प्रमुखले आगामी निवार्चन लक्षीत गदै वडाको बजेट कम भएको भन्दै नेपाली कांग्रेशबाट निवाचित नगरका ६ वडाध्यक्षको असहमती जनाउदै बुधबार १२ कार्यपालिकाको बैठक बहिस्कार गरेका थिए।

तपाईको प्रतिक्रिया