कञ्चनपुर :कंचनपुरको दक्षिणी क्षेत्र बेलौरीमा लागू औषध नियन्त्रणमा ईलाका प्रहरी कार्यलय बेलौरीको सक्रियता बढेको छ। प्रहरीले दुई दिनमा मात्रै ४२.२२ ग्राम लागू औषध ब्राउन सुगर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बेलुका ५ बजे तिर ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बेलौरी नगरपालिका ८ कलकत्ता बजारबाट पुर्वबाट पश्चिम तर्फ जाँदै मोटरसाइकल बाट कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट बस्ने २४ वर्षिय लाल बहादुर ऐरले र २२ वर्षिय चन्द्र बहादुर साउदबाट ७.७६० ग्राम लागु औषध (खैरो हेरोईन) प्रकाउ गरेको छ।
बिद्यानगरमा पश्चिमबाट पुर्व तर्फ आईरहेको शुक्लाफाँटा न.पा.१० झलारी मुक्तिशिबिर बस्ने २४ वर्षिय महेश चौधरी र लालझाडी गाउँपालिका २ कञ्ज बस्ने २५ वर्षिय रण बहादुर चौधरीबाट लागु औषध (खैरो हेरोईन) ७.५९० ग्राम र खैरो धुलो ४.७६० ग्राम गरी जम्मा १२.३५सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।
यस्तै कैलाली गोदावरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षिय सुरेन्द्र बिष्ट र गोदावरी २२ वर्षिय सन्तोष रानालाई बेलौरी ८ पचुंई स्थित सिमा क्षेत्र नजिकबाट सोमबार दिउंसो लागु औषध खैरो हेरोईन ९.०८० ग्राम सहित प्रकाउ गरि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक खड्काको नेतृत्वको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ८ बस्ने ३० वर्षिय हरी कृष्ण रानालाई पचुंई स्थित सिमा क्षेत्र नजिकै बाट आइतबार सांझ १३.०३ ग्राम औषध खैरो हेरोईन सहित प्रकाउ गरिएको छ। प्रकाउ परेकाका माथि अनुसन्धान भईरहेको
प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।