Advertisement
SKIP THIS
अछाममा निषेधाज्ञा थप ७ दिन लम्बियो

निराकरण सम्वाददाता अछाम-कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अछाम जिल्लामा जारी गरिएको निषेधाज्ञा थप ७ दिन लम्बिएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र अछामको सिफारीस र जिल्ला सुरक्षा समितीको आइतबार बसेको बैठकले ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ।

यस अघि लागू गरिएको निषेधाज्ञा जेष्ठ ३१ गते राति १२ बजेदेखि सकिदैछ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्नुका साथै भारतबाट आउनेहरु नघटेका र संक्रमण दरपनि नघटेकाले निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी मल्लले बताए।निषेधाज्ञा अवधिभर पुर्वनिर्धारीत आदेशहरु नै पालना गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया