Advertisement
SKIP THIS
वन कार्यालय दार्चुलाद्धारा डेढ लाख बिरुवा उत्पादन

धनगढी: डिभिजन वन कार्यालय दार्चुलाले डेढ लाख बिरुवा उत्पादन गरेको छ।

वृक्षारोपण मार्फत वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले वन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा झण्डै १ लाख ५० हजार विरुवा उत्पादन गरेको हो। जसमा अमला, हर्रो, बर्रो, तेजपात, रिठा, धुपी सल्ला, जडिबुटीका विरुवा रहेका छन्।

डिभिजन वन कार्यालय एवम् सव डिभिजन वन कार्यालय र जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन गरेका उक्त बिरुवाहरु अगामी असार १५ गतेदेखि निःशुल्क वितरण गरिने बताइएको छ। प्रतिवर्ष १ देखि २ लाख विरुवासम्म उत्पादन गरिँदैै आएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया