Advertisement
SKIP THIS
जनप्रतिनिधिको भत्ता र कर्मचारीको तलब रोकेर कोरोनाको खोप लगाइने नगर प्रमुख कुँवर

निराकरण सम्वाददाता अछाम :साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले केन्द्र सरकारले कोरोना भाइरस विरुद्धको खोप किन्नको लागि अनुमति दिएमा नगरपालिका किन्न तयार रहेको बताएका छन । केन्द्र सरकारले देशभर खोप समयमा पु¥याउने सम्भावना कम रहेको बताउदै नगर प्रमुख कुँवरले केन्द्र सरकारले अनुमति दिए नगरपालिका आफैँ खोप किन्न सक्षम रहेको धारणा व्यक्त गरे।

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट निर्माण सम्बन्धि राजनीतिक दलहरू संगको छलफल तथा सुझाव संकलन कार्यक्रम बोल्दै नगर प्रमुख कुँवरले जनप्रतिनिधिको भत्ता, कर्मचारीको तलब केही समयको लागि रोकेर भएपनि कोरोना भाइरस विरुद्धको खोप किन्न नगरपालिका तयार रहेको प्रष्ट पारे । उनले कम्तिमा ३÷४ करोड खर्च गरेर भएपनि नगरवासीलाई खोप लगाउने नगरको लक्ष्य रहेको बताए ।

उनले जनताको ज्यान बचाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।नगरबासीले खोपको माग गरेकाले ‘कि मन्त्रालयबाट उपलब्ध गराइयोस्, कि हामीलाई खरिद गर्ने अनुमित दिइयोस’ नगर खोप किन्न तयार रहेको छ उनले भन।केन्द्र सरकारको मुख ताकियो भने समयमा खोप लगाउन सकिदैन , त्यसैले आफैँ खोप किनेर जनतालाई लगाउन नगरले कदम चाल्छौ ।

नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ मन्त्रालयसंग खोप किन्नको लागि अनुमति माग्ने पनि नगर प्रमुख कुँवरको भनाइ रहेको छ ।

नगर प्रमुख कुँवरले कोरोना भाईरस न्यूनिकरणको लागि नगरपालिकाले गर्दै आएको प्रयासका वारेमा जानकारी गराउनुभएको छ । नगर प्रमुख कुँवरले कोरोना भाईरसको संक्रमण वढ्दै गएपछि नगरपालिले स्वाँव संकलन कार्यलाई तिव्र रुपमा अघि बढाएको बताए ।

उनले दोस्रो लहरमा कोरोना फैलिएपछि नगरका १४ वटै वडाबाट स्वाँव संकलन गरेका जानकारी दिनुभयो । कोरोना पोजेटिभ भएका संक्रमितलाई वढी समस्या भएमा नगरको एम्वुलेन्सबाट वयलपाटा अस्पतालमा पु¥याउने काम हुँदै आएको छ । नगर प्रमुख कुँवरले नगरपालिकासँग यो वर्ष रकम नभएपनि उदारो स्वास्थ्य सामग्री ल्याएर भएपनि जनताको ज्यान जोगाउनको लागि नगरपालिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कोभिड १९ सँगै आगामि आर्थिक वर्ष ०७८÷७९ को वजेटमा नगरपालिकाले प्राथमिकता दिनुपर्ने विषयमा सुझाव संकलन गर्नुभएको छ । कार्यक्रममा सहभागि राजनीतिक दलका नेताहरुले नगरलाई कोभिड १९ न्यूनिकरण र संक्रमितको सहजै उपचारको लागि नगरपालिका आगमि आर्थिक वर्षको वजेट समेट्न सुझाव दिएका छन् । यस्तै नगरपालिकाको सडकको स्तरउन्नी, खानेपानीको व्यवस्थापन, शव वाहन खरिदको लागि वजेट विनियोजित गर्नको लागि सुझाव दिएका थिए । वुढीगंगा नदीको कटान नियन्त्रणको लागि पनि नगरपालिकाको विशेष ध्यान हुनुपर्नेमा जोड दिएका थिए । सहभागि राजनीतिक दलको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख कुँवरले वुढीगंगा नदीको कटान नियन्त्रणको लागि पहल भईरहेको जानकारी दिए।

नगरका भित्री सडकको स्तरउन्नीको लागि नगरपालिकाले आगामि आर्थिक वर्षको वजेटमा विशेष जोड दिईने बताए । उपभोक्ता समिति मार्फत भएका अपवाद वाहेक अधिकांस योजनाहरुको काम प्रभावकारी नभएका कारण आगामि आर्थिक वर्षमा टेण्डर मार्फत काम हुने प्रष्ट पार्नुभएको छ ।

अहिलेका जनप्रतिनिधिको आगमि आर्थिक वर्षको वजेट अन्तिम भएका कारण अहिले अधुरा रहेका योजनाहरुलाई विशेष प्राथमितका दिने नगर प्रमुख कुँवरको भनाई रहेको छ । राजनीतिक दलहरू संगको छलफल तथा सुझाव संकलन कार्यक्रममा नेकपा एमालेका नगर कमिटी ईन्चार्ज शिबहादुर कुँवर शिलोज, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेकपा माओवादीका नगर कमिटी ईन्चार्ज टंक रावल लगायतको सहभागिता रहेको थियो । उपप्रमुख विर्मलादेवि वुड्थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख शंकर थापाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया