Advertisement
SKIP THIS
किसान लघुवित्त वित्तीय संस्थाद्धारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

निराकरण सम्वाददाता अछाम:किसान लघुवित्त वित्तीय संस्थाद्धारा बयालपाटा अस्पताललाई करिब २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोबार गर्न ईजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

संस्थाको केन्द्रीय तथा कर्पोरेट कार्यालयबाट उपलब्ध गराएको स्वाथ्य सामाग्री बयालपाटा अस्पताललाई सहयोग गरेको हो।

पहाडी भेगको दुर्गम क्षेत्रका बिरामीहरुलाई मध्यनजर गरी उपचारमा सहजताको लागी संस्थाको क्षेत्रीय कार्यालय साफेबगर,अछामका क्षेत्रीय प्रबन्धक श्री प्रेम बहादुर थापाले बयालपाटा अस्पतालका स्वाथ्य सेवा व्यवस्थापक डा.मन्दिप पाठकलाई हस्तान्तरण गरेका हुन ।

संस्थाले हस्तान्रण गरेको स्वास्थ्य सामाग्री वुझ्दै स्वास्थ्य सेवा ब्यवस्थापक पाठकले फेरी दिनमा पनि यस्तै सहयोगको आशा राखेको वताउदै सहयोग गर्ने सस्था लाई विशेष धन्यवाद दिए।

तपाईको प्रतिक्रिया