सुरत सुनार अछाम :दलित सेवा संघद्वारा अछामको मेल्लेख गाउपालिका ७ नन्देगडा र वडा न ८ हात्तीकोट मा ३० घर परिवारलाई खाद्यान्न राहत ३० घर परिवारलाई २५ किलो चामल, २ किलो दाल ८ वटा समुहका २०० जना लाई स्वास्थ सामग्री ९ हाइजनकिट (सर्जिकल मास्क ५०० ःी सेनिटाइजर ३ साबुन कोल्गेट ब्रस र ८ समुह मा १६ वटा पल्स अक्सिमिटर बितरण गरिएको छ ।
डिसिए नेपालको आर्थिक सहयोग दलित तथा महिला समान अधिकार का लागि स्थानीय लोकतन्त्र सवलिकरण अन्तरगत कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय अछाम् ले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका होम आइसोलेसन मा बसेका गरिब, मजदुर तथा अति बिपन्न सुत्केरी गर्भवती अपांग घर परिवारलाई संस्थाले राहत बितरण गरेको हो ।
आज भएको स्वास्थ तथा खाद्यान्न राहत वितरण कार्यक्रम को अध्यक्षता दलित सेवा संघ अछामका सचीव टंक ताम्राकार रहनु भएको थियो भने कार्यक्रम प्रमुख अतिथि मेल्लेख गाउँपालिका वडा नम्बर न ७ वडा अध्यक्ष नर बहादुर साउद वडा सदस्य अमर विक दलित संजाल अध्यक्ष मोति सिह भुल महिला संजाल उपाध्यक्ष जानकी साउद राष्ट्रिय दलित पत्रकार संघ अछामका सचिव रमेश परियार दलित सेवा संघ अछाम का फिल्ड सुपर भाइजर सुरत सुनार लेखा तथा प्रशासक दिनेश कडारा समुह तथा संजाल का पदाधिकारी समाजसेवी तथा बुद्धिजिवि लगायत हरु को सहभागिता रहेको थियो।