Advertisement
SKIP THIS
बेलौरीमा प्रहरीको सक्रियता: लागु औंषध सहित २ जना प्रकाउ

कञ्चनपुर:जिल्लाको दक्षिणी सिमान्त बेलौरीमा ब्राउनसुगर सहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीवार बेलुका साँढे ७ बजे बेलौरी नगरपालिका ७ स्थित कालो पुलबाट ७५० मिलि ग्राम लागू औषध ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने धनगढी उपमहानगर पालिका ८ बुद्ध चोक बस्ने २७ वर्षिय कमलेश कुमार शाह र २६ वर्षिय खडक राज अवस्थी रहेको प्रहरीले जनाएको छ ।

शाह र अवस्थीले लागू औषध ओसारपसारमा प्रयोग गरिएको से ४ प ८४०७ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान बढाइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाले बताए ।

शंका लागेर चेक जाँच गर्दा निजहरुको साथबाट लागु औषध (खैरो हेरोईन) ०.७५० ग्राम सहित नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया