निराकरण सम्वाददाता अछाम: निराकरण सम्वाददाता अछाम कोरोना महामारीका कारण अछाम जिल्लामा गरिएको निषेधज्ञाको मौका छोपि ब्यापारीहरुद्धारा कालोबजारीका साथै अखाद्य बस्तु बिक्री गरेको जन गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले अनुगमन तिब्र पारेको छ ।
बुधाबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना नेतृत्वको टोलीले जिल्लाको बान्नीगढी जयगढ गाउँपालीकाको केन्द्र जयगढ बजार अनुगन गरेको छ । अनुगमनको क्रममा प्रचलित कानून बमोजिम व्यापार नगरेका, अनुमति नलिई व्यावसाय गरेका र म्याद नाघेका साथै अखाद्य सामग्री बेचविखनका लागि राखेका पाँच जना व्यावसायीलाई कारवाही गरि ३० हजार जरीवाना गरि सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।
उनिहरुबाट जफत गरिएको अखाद्य बस्तु सरोकारवालाको रहोबरमा बजारमा नष्ट गरिएको छ । पछिल्लो ५ दिनमा जिल्ला प्रशासन कार्यालय अछामद्धारा जिल्लाका बिभीन्न बजार क्षेत्रमा गरिएको अनुमनबाट ५ लाख बढीको सामाग्री जफतका साथै १२ जना ब्यापारीलाई कारवाही गरी ८७ हजार ५ सय जरीवाना गरेको छ ।