Advertisement
SKIP THIS
शनिबार सुदूरपश्चिममा १ हजार ४५ जनाले कोरोना जिते

धनगढी: सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ७ जनाको मृत्यु भएको छ। कैलालीका १ जना कञ्चनपुरका ३ जना, डोटी, अछाम र दार्चुलाका १÷१ जना गरी ७ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १ हजार ५८ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ५४८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ४९० जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५६२ जनाको नमूना परीक्षण गर्दा १९९ जना, महाकाली अस्पतालमा २६ नमूना परीक्षण गर्दा १९ जना, डडेल्धुरा अस्पतालमा १९५ नमूना परीक्षण गर्दा ५० जना, जिल्ला अस्पताल बैतडीमा ९७ नमूना परीक्षण गर्दा १७ जना, डोटी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा १८ जना, बझाङ अस्पतालमा ८५ जनाको नमूना परीक्षण गर्दा ३१ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३६ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २३ हजार ३५ नमूना परीक्षण गर्दा ३८ हजार ८६३ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २२ हजार ८५१ जनाले कोरोना जितेका छन् भने, ४८७ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया