Advertisement
SKIP THIS
अछाममा पहिलो पटक निःशुल्क मास्क बैंक स्थापना

अछाम: अछाममा पहिलो पटक निःशुल्क मास्क वितरण केन्द्र (मास्क बैंक) स्थापना गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले शनिबार मंगलसेन बजार (जिल्ला समन्वय समितिको नजिक) मास्क बैंक तथा निःशुल्क मास्क वितरण केन्द्र स्थापना गरेको हो। नेपाल रेडक्रस सोसाइटी अछामले कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सदरमुकाम मंगलसेनमा मास्क बैंक स्थापना गरेको रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले बताए।

मास्क बैंकबाट निःशुल्क मास्क लिएर प्रयोग गर्न सकिनुका साथै मास्क वा मास्क किन्नका लागि नगद सहयोग गर्न सकिने छ। मास्क बैक तथा निःशुल्क वितरण केन्द्रको आज एक कार्यक्रमकाबीच मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा उद्घाटन गरेका हुन्।

तपाईको प्रतिक्रिया