Advertisement
SKIP THIS
बयालपाटा अस्पताललाई साँफेबगर नगरपालिकाद्धारा  ३० थान अक्सिजन सिलिण्डर उपलब्ध

अछाम:साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई ४० लिटरका ३० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । शुक्रबार नगरले आफै लगानिमा सिलिण्डर खरिद गरी सिलिण्डर संगै ७ थान रेगुलेटर समेत अस्पताललाई उपलब्ध गराएको हो ।

नगर प्रमुख कुल बहादुर कुवँरले अस्पतालले कोरोना महामारी संग निरन्तर संघर्ष गर्दै यस क्षेत्रका जनताको उपचारमा क्रियाशिल रहेकाले आफुले उपकरण लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोग गरिरहेको बताए । बयालपाटा अस्पतालले प्रदान गरिरहेको सेवामा कुनै कमि हुन नदिन नगरपालिका निरन्तर लागि परेको र सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए ।

अब अस्पतालमा अक्सिजनको कमि हुन नदिन खाली भएका सिलिण्डरलाई भर्न पनि पहल गुर्नपर्ने उनले बताए । जिल्लामा दुई अस्पतालले प्रशंसनिय सेवा दिईरहेको भन्दैँ सबै क्षेत्रबाट सहयोग गर्नुपर्नेमा कुवँरको जोड छ । अहिले सम्म सहयोग गर्ने सबै मनहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

नगर प्रमुख कुवरले अन्य स्थानिय तहले पनि यतिबेला कुनै कञ्झुस्याई नगरी अस्पतालहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरे । अछामी जनता बचाउनको लागि जसरी दुई अस्पताल सक्रिय छ्न हामीले पनि तिनिहरुको व्यावस्थापन पक्ष कस्तो छ के कस्तो सहयोग आवश्यक पर्छ भनेर ध्यान दिनुपर्ने उनको भनाई थियो ।

भेरी अस्पतालमा भएको घट्ना एकदमै निन्दनीय छ स् नगर प्रमुख कुवँर

एक अर्को प्रशंगमा बोल्दै नगर प्रमुख कुवँरले भेरी अस्पताल नेपालगंजमा भएको घट्ना एकदमै निन्दनीय भएको बताए । कोरोनाबाट जनता बचाउन सबै भन्दा ठुलो भुमिका स्वास्थ्यकर्मीको छ नगर प्रमुख कुवँरुले भने उनिहरुलाई हौसल्ला र प्रोत्साहन दिनुपर्ने बेला हातपात हुनु दुखद हो ।

स्वास्थ्यकर्मी आफै संक्रमित भएर संर्घष गरिरहेका बेला उनिहरुमाथी नै यस्तो प्रकारको घट्ना हुनु लज्जास्पद भएको भन्दै त्यस्ता व्यक्तीहरुलाई कडा कारबाही हुनुपर्नेमा उनको जोड थियो ।

यस्तै बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकिस्ता निर्देशक डा। मन्दीप पाठकले साँफेबगर नरगपालिकाको नियमित सहयोगका लागि धन्यवाद दिएका छन् । आज उपलब्ध भएका सिलिण्डरले थप राहत हुने उनको भनाई थियो ।

उनले पनि भेरी अस्पतालमा भएको घट्ना प्रति दुख व्यक्त गरेका छन् । यस्तो प्रकारको घट्नाले हामी सबै स्वास्थ्यकर्मीको मनोबल झन कम्जोर बनाएको उनले बताए । यस्ता घ्टना दोहोरिन नदिन सबै पक्षले स्वास्थ्य सेवालाई बुझ्न जरुरी रहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया