Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकामा १ सय ५४ जना दोस्रो लहरको कोरोना संक्रमण मुक्त

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालीकामा दोस्रो चरणको कोरोनाबाट १ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन । कोरोना मुक्त हुनेमा ७२ महिला ८२ पुरुष रहेका छन ।

गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलका अनुसार आजको मिती सम्म गाउँपालीका भित्रमा एन्टीजेन्ट र पीसिआर बिधीबाट गरिएको परिक्षणमा हालसम्म ८३ महिला ९६ पुरुष गरि १ सय ७९ जना दोस्रो लहरको कोरोनाबाट संक्रमण भईसकेका छन ।

गाउँपालीकाका १ सय ५४ जनाले दोस्रो लहरको कोरोना संक्रमण मुक्त हुदाँ अझै ११ महिला १२ पुरुष गरि २२ संक्रीय संक्रमित रहेका छन । पालीकामा दोस्रो लहरको कोरोनाबाट २ जनाले ज्यान गुमाईसकेका छन ।

यद्यपी २० जनाको पिसिआर परिक्षणमा नमुना संकलन गरि कमलबजार प्रयोगशाला पठाईएकोस्वास्थ्य शाखा प्रमुख बसन्त रावलले बताए ।

तपाईको प्रतिक्रिया