लालबहादुर चदारा :मेल्लेख गाउपालिकामा हाल सम्म १ सय ५० जना दोस्रो लहर कोरोना भाइरस मुक्त भएका छन । मेल्लेख गाउपालिकाले १ सय ९७ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्दा १ सय ३५ जना कोरोना संक्रमित भएका थिए ।
जसमा ४३ जनाको ईन्टिजेन बिधिबाट गरिएको परिक्षणमा १३ जना पोजिटिभ देखिएको थियो । ९ जनाको भने बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसैनमा लिएको क्रममा चेक गर्दा पिसिआर पोजिटिभ देखाएको थियो ।
मेल्लेखमा २ सय ४९ जनाको पिसिआर र एन्टिजेन चेकमा १ सय ५७ जना संक्रमित भएका थिए ,मेल्लेखमा हाल सम्म ४ जना दोस्रो लहर कोरना संक्रमित मृत्युु भईसकेको छ ।अहिलेसम्म तीन जना सकृय संक्रमित होम आइसुलेसमा रहेका स्वास्थ्य शाखा मेल्लेखका सयोजक वीर बहादुर ठकुल्लाले बताए ।
अझै पनि कोरोना भाइरस फैलन सक्ने सम्भावना बढेकोले सबैले अनावश्यक हिड डुल भिडभाड जथाभावी लापरबाही नगरि सबैले सजकता अपनाउनु पर्ने मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहराले बताएका छन । सबैले निशेधाज्ञको पालना अनिवार्य गर्नुपर्ने अध्यक्ष बोहराले जोड दिए ।
मेल्लेख गाउपालिका बासि जनताको सुरक्षा लागि गाउपालिकाको तर्फबाट हुने सहयोग लागि कुनै कमी हुन नदिने तत्काल स्वास्थ्यमा कुनै समस्या आइपर्दा गाउँपालीकामै एम बि बि एस डाक्टर स्वास्थ्यकर्मी सहित तयार अवस्थामा रहेका र थप उपचार गर्नु पर्ने अवस्था आए गाउँपालीकाले सहजीकरण गर्ने अध्यक्ष बोहराले बताए।