धनगढीः कञ्चनपुरमा एक लाख ७१ हजार बराबरको अबैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याइएको सो अवैध सामान बरामद गरेको हो।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित भन्सार छली चोरी पैठारी गरि ल्याएका मलखाद, पेयपदार्थ, बिजुलीका सामान र नम्बर प्लेट नभएको अपाची मोटरसाईकल गरी एक लाख ७१ हजार बराबरको अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ।
सो सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।