निराकरण सम्वाददाता अछाम :अछाम जिल्लामा सोमबार थप ७५ जनामा कोरोना पुष्टि भएको छ।
जिल्लाको कमलबजार नगरपालिकाले स्थापन गरेको पिसिआर प्रयोगशाला पछिल्लो २४ घण्टामा १ सय २० नमुना स्वाव परिक्षणमा गरिएको ७५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
कोरोना पुष्टि हुनेमा सबै भन्दा बढि पञ्चदेवल बिनायक नगरपालिका १,२,३,४र६ का २३ महिला ४५ पुरुष गरी ६८ जना रहेका छन। यस्तै कमलबजार नगरपालिका १,२,८,९र १० का २ महिला ४ पुरुष गरि ६ र ढकारी गाउँपालिका १ का १ पुरुष रहेका प्रयोगशालाले जनाएको छ।