Advertisement
SKIP THIS
अछाममा बुधबार १५७ जनामा कोरोना संक्रमण पुष्टि:

निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा बुधबार थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा १सय ९२ जनामा गरिएको परिक्षणमा ३१ महिला १२६ पुरुष गरी १५७ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा कमलबजार नगरपालीका वडा नं १,२,६,७,७,९र का १ सय ३ जनाना गरिएको परिक्षणमा १८ महिला ६२ पुरुष गरि ८० जना कोरोना पुष्टि भएको हो ।

यस्तै मेल्लेख गाउँपालीका १,२,३,४ र ५ का ४ महिला र ४२ गरि ४६ तुर्माखाद गाउँपालीका ६ का ६ महिला १३ पुरुष गरि १९ र मंगलसेन नगरपालिका ५,६,७ का ३ महिला र ९ पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

तपाईको प्रतिक्रिया