Advertisement
SKIP THIS
अछाममा रगत आवश्यक पर्यो की,सम्झने नाम दाह्री ग्याङ

निराकरण सम्वाददाता अछाम

 गालामा दाह्री काधमा जिम्मेवारी जस्तो नाम उस्तै काम

कोरोना कहल मात्रै होईन अन्य सामान्य अवस्थामा समेत अछाम जिल्लामा कसैलाई रगत आवश्यक पर्यो की सबै भन्दा पहिले दाह्री ग्याङ अछाम र संयोजक उमेश कुँवरलाई फोन आउछ , हजुर मेरो बिरामीलाई तत्काल अप्रेसन गर्नु पर्ने छ , रगत दिनु पर्यो, रगतकै क्षेत्रमा काम गर्ने रेकक्रसलाई जानु पर्ने फोन अचेल दाह्री ग्याङ र संयोजक उमेश कुँवरलाई आउछ।

संयोजक कुवर तत्काल फेसबुकमा रहेको दाह्री ग्याङ अछामको गुप्र र आफ्नै फेसबुकमा स्टाटस र साथिहरुलाई फोन गर्छन । सहयोगी मन भएका रक्त दाताहरु १ फोनमा रगत दिन बयालपाटा अस्पताल र जिल्ला अस्पताल पुग्दाँ खुँसी हुन्छन उमेश , रगत दान गरिसकेपछि चाहिने मिनरल वाटर र जुस समेत आफ्नै पैसाले लियर जान्छन।

बिहिबार त्यस्तै फोन आयो बयालपाटा अस्पतालमा ४ प्वाईट B पोजेटिभ रगत चाहियो ,संयोजक कुवरले तत्काल फेसबुकमा लेखे र दाताहरु जुटे र आवश्यक रगतको जोहो भयो , दोस्रो चरणको कोरोना महामारी मात्रै करिव १० प्वाईट भन्दा बढी रगत दान गरिसकेको कुवरले बताए ।

कोरोना महामारी त छदैछ तर अन्य समयमा समेत रगतको चरम अभाव परिहने बयालपाटा अस्पतालका प्रमुख डा.मन्दिप पाठक बताउछन, दाह्री ग्याङ अछामले आपतकालीन अवस्थामा समेत बिरामीको लागि ठुलो सहयोग गर्ने गरेको डा. पाठक बताउछ ,बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना हुन सके ठुलो राहत पुग्ने देखिन्छ ।

यता रेडक्रस अछाममा भने आजको र अहिलेको अवस्थामा १ प्वाईट समेत रगत जम्मा नरहेको स्टक रेडक्रस अछामका अध्यक्ष खेम प्रशाद भट्टराई बताउछ , भट्टराई भन्छन जिल्लामा रगतको त्यती आवश्यक पर्दैन परे भने मंगलसैन हामिले दाताको समूह बिभाजन गरेका छौ,चाहियमा फोन गर्छौ ,अछाममा अन्य ठाउँमा समेत दाताको समूह बिभाजन गर्ने भनेका थियौ कोरोनाले रोकिदियो ।

शिबिर चलायर पनि बढी रगत जम्मा गरे यहा राख्ने ठाउँ छैन , धनगढी पठाउनु पर्छ ,त्यसकार रगत जम्माको निम्ती शिबिर सञ्चालन नगरेको रेडक्रस अछामका अध्यक्ष खेम प्रशाद भट्टराई बताउछन ।

तपाईको प्रतिक्रिया