अछाम :बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा बृहत खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ । एक घर ,एक धारा बनाउने उदेश्यका साथ बृहत् खानेपानी आयोजनाको ट्यांकी शिलान्यास गरिएको वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाले बताए ।
३ महिना पहिले सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोग तथा खानेपानी सरसफाइ डिभिजन कार्यालय राजपुर डोटी मार्फत बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा १५ लाख रुपैयाँ लगानीमा डिप बोरिङ गरि स्वच्छ खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ मार्फत पानी निकालिएको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठकुल्लाले वडाका नागरिकलाई खानेपानीको निकै समस्या रहेको यस ठाउँका नागरिकहरुलाई स्वच्छ खानेपानीको सहज आपुर्तिको लागी चाडैं नै मिटर सिस्टम मार्फत घर घरमा धारा बनाउने लक्ष्यका साथ बृहत खानेपानी ट्यान्कीको शिलान्यास गरिएको बताए ।
अहिले ३० लाखमा ट्यान्की निर्माण र खानेपानी बिस्तार हुन लागेको हो । रकम अपुग भएमा वडा सरकारले बिनियोजन गर्ने वडा अध्यक्ष ठुकल्लाले बताए
खानेपानीको चरम अभाब झेल्दै आएका तिमिल्सैनका नागरिकहरुलाई सहज रुपले खानेपानी सेवा उपलब्ध गराउन वडा सरकार निरन्तर लागिरहेको वडा अध्यक्ष ठकुल्लाले बताए।









