निराकरण सम्वाददाता अछाम: कोरोना महामारीको चपेटामा परेका सर्वसाधारणका लागी बान्नीगढी जयगढ गाउँपालिकाले २४ घण्टा निःशुल्क गाडीको व्यवस्था गरेको छ ।
कोरोना सङ्क्रमण देखीयर अस्पताल लग्नुपर्ने गाउँपालीका भित्रका एम्बुलेन्स जान नसक्ने तर अन्य गाडी जान सक्ने ठाउँका नागरिकलाई सहजताका लागी गाउँपलिकाले २४ घण्टा निःशुल्क गाडीको व्यवस्था गरेका हो ।
गाउँपालिका निमीत्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीका अनुसार कोरोना सङ्क्रमण देखीयर अस्पताल सम्म पुर्याउनुपर्ने खालका तर एम्बुलेन्स जान नसक्ने ठाउँका नागरिकको उपचारमा सहज होस् भन्ने उदेश्यले गाउँपालिकाले निःशुल्क गाडीको व्यवस्था गरेको हो ।
बैशाख २३ गते देखी जेठ २ गते सम्मका लागी गाउँपालिकाले निजी गाडी भाडामा लिएर कोरोना संक्रमितलाई उपचारमा लागि कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल मंगलसेन र बयालपाटा अस्पतालमा पुर्याईरहेको छ ।
कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल मंगलसेन र बयालपाटा अस्पतालमा लिनु पर्ने अवस्था आए निःशुल्क गाडीको लागि निमीत्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीको सम्पर्क नम्बर ९८५८४२४८६२ र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क नम्बर ९८४८४३५४२३ मा सम्पर्क गर्न अधिकृत जोशीले आग्रह समेत गरे । अद्यपी बान्नीगढी जगयढ गाँपालीकाको एम्बुलेन्स समेत सर्बसाधरणलाई सेवा प्रदान गर्न २४ घण्टा जयगढमा तयार अवस्थामा रहेको छ ।









