अछाम:सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अछाम सहित प्रदेशका अन्य पहाडी जिल्लालाई ५ महिना अगागि पठाएका तर सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको छ।
कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ । ‘हामीले सञ्चालनको निम्ती ४ दिनको तालिम दिएर पठाएका छौ , सञ्चालन गर्न सक्ने अस्पतालाई सञ्चालन गर्न भनेका छौ ,यदी कसैले सञ्चालन गर्न सक्दैन भने पछि पाउने गरि मन्त्रांलयमा बुझाउन भनेका सामाजिक विकास मन्त्रांलयका प्रबत्ता नरेन्द्र कार्की भने ।
यता मन्त्री सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर मागेका थियौं। ती मध्ये ४ जिल्ला अस्पतालले दिन्छौं भनेका छन्। तर अहिलेसम्म आएका छैनन्’ सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने । फिर्ता आएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिने उनले बताए ।
केही समयअघि पहाडका ६ जिल्ला अस्पताललाई १० र १० बेडको आइसियू र २÷२ वटा भेन्टिलेटर मन्त्रालयले दिएको थियो।
जसअनुसार प्रदेशका अछाम ,दार्चुला, बैतडी, , डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २÷२ भेन्टिलेटर छन्। तर जनशक्ति अभावमा ती सबै थन्किएका छन् । हाल सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पतालमा ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ ओटा भेन्टिलेटर सुचारु अवस्थामा छन्।