Advertisement
SKIP THIS
अछाममा शनिबार ७७ जनामा परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि

निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७ जनामा गरिएको परिक्षणमा १७ महिला २७ पुरुष गरी ४४ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा मंगलसेन नगरपालिका वडा नं ३,५,८,११ का १० महिला ८ परुष गरी १८जना कमलबजार नगरपालिका १,२,५र ८ का ३ महिला ११ पुरुष गरी १४ जना र साफेबगर नगरपालीका १,२,३,४र १० का ४ महिला र ८ पुरुष गरि १२ जना रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया