Advertisement
SKIP THIS
भेन्टीलेर र आईसियु सहितको उपचार नहुँदा कोरोनाबाट गम्भीर भएका बिरामीलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

अछाम:अछाम जिल्लामा भेन्टीलेर र आईसियु सहितको उपचार नहुँदाकोरोनाको संक्रमणबाट गम्भीर भएका एकजना बिरामीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ ।

कोरोना संक्रमण जिल्ला अस्पताल मंगलसेनमा उपचाररत मंगलसेन नगरपालिका वडा नम्बर ५ का ४० बर्षका पुरुषलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगरले जानकारी दिइन् ।

उनि बैशाख २० उपचारका लागि जिल्ला अस्पताल आएका थिए। उनको श्वासप्रश्वासमा समस्या भई रगतमा अक्सिजनको मात्रा निरन्तर कम हुन थालेपछि थप उपचारका लागि बाहिर लगिएको हो ।

शुक्रबार उनलाई हेलिकप्टरबाट काठमाडौं लगेर काठमाण्डौं मेडिकल कलेजमा उपचार भैरहेको उन आफन्तले बताएका छन् ।

उनको अहिले आईसीयूमा राखेर उपचार भैरहेको बताईएको छ । जिल्ला अस्पताल अछाममा हाल ११ जनाको उपचार भैरहेको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी बुढामगरले बताइन् । अछाम जिल्लामा ५ महिना अगाडि नै भेन्टीलेर र आईसिय पुगेपनी सञ्चालनमा आएको छैन ।

तपाईको प्रतिक्रिया