Advertisement
SKIP THIS
७ जनाको सामूहिक चिता जल्दा…………………………………

धनगढी: सोमबार साँझ परेको चट्याङ लागेर बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका सदस्य गोविन्दसिंह भण्डारीको ज्यान गयो। उनको मृत्युपश्चात शव पोष्टमार्टम गर्न भनेर गाउँलेहरु जिल्ला सदमुकाम हिँडे। तर शवसहित ११ जना सवार जीप जिल्ला अस्पताल पुग्न पाएन।

से १ ज १८३ नम्बरको जीप मंगलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६गणमेश्वर मन्दिर नजिकै दुर्घटनाग्रस्त भयो। जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै ज्यान गयो। अन्य ६ जना घाइते भए। ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि घाइते भएका चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, २४ वर्षीय दिलिपसिंह भण्डारी र मोहनसिंह भण्डारीलाई अस्पताल लगियो। तर उनीहरुमध्ये चालक तेजबहादुर र खेमसिंहको अस्पताल पुग्न नपाउँदै बीचबाटोमै मृत्यु भयो। यसरी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो।

बुधबार वडासदस्य गोविन्द सिंहसहित सातै जनाको दशरथचन्द नगरपालिका १० स्थित महाकाली नदी किनारमा सामूहिक अन्त्येष्टि गरिएको छ।

तपाईको प्रतिक्रिया