Advertisement
SKIP THIS
बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी :बैतडीमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर  १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। 

स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुस्टि भएको थियो।  होम आशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल  लगिएको थियो। 

राति १ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया