Advertisement
SKIP THIS
सोमबार सुदूरपश्चिममा ३४३ जनामा कोरोना पुष्टि

धनगढीः सोमबार सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ५ सय ७३ नमूना पीसीआर तथा ६४० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

दुवै विधिबाट गरेर कूल १२१३ नमूना परीक्षण गर्दा ३४३ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्दा २०१ जना संक्रमित भेटिएका छन् भने। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १४२ जना संक्रमित फेला परेका छन्।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७३ जनाको नमूना परिक्षण गर्दा थप २०१ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४६८ नमूना परीक्षण गर्दा १२८ जना, डडेल्धुरा अस्पतालमा ४४ नमूना परीक्षण गर्दा २५ जना, जिल्ला अस्पताल डोटीमा ५७ नमूना परीक्षण गर्दा ४५जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

 

तपाईको प्रतिक्रिया