Advertisement
SKIP THIS
स्वास्थ्यकर्मीलाई हौसला प्रदान स्वास्थ्य संस्थामा बान्नीगढी गाउँपालीका अध्यक्ष खड्का अधिकृत जोशि

निराकरण सम्वाददाता अछाम:कोरोना महामारीको दोस्रो लहरलाई नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्का र निमीत्त प्रमुख प्रशासकीय अधिकृत गाउँपालीका मातहतका स्वास्थ्य संस्था पुगेका छन् ।

सोमबार वडा नं ४ तिमिल्सिनामा रहेको ५ बेडको अस्थाई कोभिड अस्पताल वडा नं २ जनालिकोट र वडा नं १ गाज्राको स्वास्थ्य चौकिको भौतीक अवस्था, ग्रामीण क्षेत्रमा स्वास्थ्यको अवस्था स्वास्थ्य चौकिका कार्यरत स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न परेको अप्ठेरोबारे स्थलगत जानकारी लिएका छन ।

कोरोना महामारीको पहिलो लहरमा स्वास्थ्यकमीहरुको महत्व पुर्ण योग्दान पुर्याएको भन्दै अध्यक्ष  खड्काले आभार ब्यक्त गरेका थिए ।कोभिड १९ को दोस्रो लहर नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई हौसलाका साथै कोरोना नियन्त्रणका सुरक्षीत र सजक भएर नागरिक हरुलाई स्वास्थ्य सेवा प्रदान गर्नका साथै आवश्यक सामाग्री के कती चाहिन्छ , माग गर्न समेत अनुरोध गरेका छन ।

स्वास्थ्यकमीहरुले अध्यक्ष खड्का र निमीत्त प्रमुख प्रशासकीय अधिकृतलाई बिभीन्न माग गरेका थिए । स्वास्थ्यकमीहरुले गरेका मागहरुलाई गाउँपालीकाको स्रोतले भ्याय सम्म पुरा गर्ने निमीत्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी बताए।

तपाईको प्रतिक्रिया