Advertisement
SKIP THIS
मन्त्री शाहले ढाटेको १० महिना बढी भएको पिसिआर प्रयोगशाला समेत आर्थीक अभावले बन्द हुने अवस्थामा

तारामान खड्का अछाम:सुदुरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले अछाम पुगेर बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने भनेर जनतालाई ढाटेको १० महिना भन्दा बढी भएको छ ।

उनले गत असार असार २८ गते बयालपाटा अस्पतालमा पिसिआर मेसिन सञ्चालनको लागि दक्ष जनशक्ति आवश्यक भएका कारण केही ढिलाई भएको बताउँदै उनले साउन महिना भित्रै पिसिआर मेसिन जडान गरिने बताएका थिए ।

केन्द्र सरकारसँग छलफल भईरहेको बताउँदै चाँडै अछाम र बाजुराका जनताको चेकजाँचमा सहजता ल्याउन मेसिन सञ्चालन गरिने बताएका थिए ।मन्त्री शाहले घोषणा गरेको १० महिना भन्दा बढी हुन लाग्दा समेत बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान कुनै सुर सार देखिएको छैन ।

यता अछाम जिल्लाको एकमात्र पिसिआर प्रयोगशाला भने आर्थीक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको कमलबजार नगरपालीकाले ८ महिना अघि १ करोडको लगानीमा सञ्चालनमा ल्याएको पिसिआर प्रयोगशालामा हाल चरम आर्थीक संकटमा रहेको नगरपालीका उप प्रमुख भुमिसरा बजगाईले बताईन ।

पिसिआर प्रयोगशालामा नियमीत सञ्चालको लागी केन्द्र, प्रदेश र अछामका अन्य स्थानीय तहलाई अनुरोध गरेपनी कसैले चासो नदेखाएको उनले बताईन । यद्यपी प्रयोगशाला सञ्चालनको निम्ती ढकारी र तुर्माखाँद गाउँपालीकाले १५÷१५ लाख मंगलसैन र साफँेबगर नगरपालीकाले ५÷५ लाख सहयोग गरेको बताईन ।
जनताको जीवन भन्दा अरु केही ठुलो नभएका कारण अन्य बिकासका गतीबिधीहरुलाई रोकेर भएपनी नगरपालीकाले पीसिआर प्रयोगशाला सञ्चालन गरिहेको उप प्रमुख भुमिसरा बजगाइले बताईन ।

सरकारले पीसिआर माध्यमबाट कोरोना परिक्षण गर्दा सरकारी संस्थाले १ हजार सम्म लिन सक्ने ब्यवस्था गरेपनी यस क्षेत्रका नागरिकको सुविधाका लागि नि शुल्क परिक्षण गर्ने गरिएको नगरपालीका निमीत्त प्रमुख प्रशासकीय अधिकृत खड्क बिष्टले बताए । प्रयोशालाले हालसम्म ४ हजार ६ सय बढी स्वावको परिक्षण भइसकेको बिष्टले बताए ।

तपाईको प्रतिक्रिया