अछाम : अछाममा “तपाईको माक्स खोई” अभियान अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरिक्षकले मास्क वितरण गरेका छन् ।
कोरोना भाईरसका महामारी फैलिरहेको बेला प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्यालले मंगलसेन बजार क्षेत्रमा पुगेर मास्क वितरण गरे ।
बजारमा रहेका र माक्स नलगाएका सर्वसाधारणहरुलाई माक्स बितरण गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
कोरोना महामारीले भयावह रुप लिईरहेको बेला सर्बसाधारणमा चेनता प्रवाह गर्नका साथै आगामी दिनमा अनिवार्य मास्कको प्रयोग गर्न सन्देश दिने उद्देश्यले यो कार्य गरिएको कार्यालयले जनाएको छ ।
गत बैशाख ५ गतेदेखि दोस्रो चरणमा कोरोना भाईरसका संक्रमित देखिन थालेको अछाममा हालसम्म ४४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भैसकेको छ । ६ जना महिला र ३८ जना पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको र जसमध्ये १ जना पुरुषको ज्यान गैसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म १७ सय १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको ज्यान गैसकेको छ ।