Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकाका सम्पूर्ण बिधालय अनिश्चितकाल लागि बन्द

निराकरण सम्वाददाता अछाम : बान्नीगढी जयगढ गाउँपालीका कार्यपालिकाको बैठक सम्पन्न भएको छ।

पालीकाका कोरोनाका बिरामी बढ्दै गएकाले वडा नं ४ तिमिल्सैनमा रहेको ५ बेडको अस्थायी कोभिड अस्पतालमा थप ५ ओटा आईसोलेसन बेड थपेर १० ओटा बनाउने निर्णय गरिएको छ।

देशका बिभिन्न ठाउँ सहित भारतबाट आएकाहरुलाई सुरक्षित भएर घरमै बस्न कोरोनाका कुनै लक्षण सहित स्वास्थ्यमा समस्या आए स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई तुरुन्त सम्पर्क गर्न बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अनुरोध गरे । कोरोनाको लक्षण देखिएकाहरुमा पालीकाले सकेसम्म परिक्षणको दायर बढाईरहेको उनलेे बताए ।

कोभिडको संक्रमण बढ्दै गएकाले पालीका भित्रका सम्पूर्ण बिधालय अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको अध्यक्ष खड्काले बताए । हिजो मात्रै पालीकाको वडा नं ५ कालीकाको नन्दा माध्यमिक बिधालयका १५ जना बिधार्थीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

तपाईको प्रतिक्रिया