धनगढी : कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ घट्टेघाट खोलामा दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन्।
कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि हिँडेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।