प्रशान्त खाति,डोटी :दिपायल सिलगढी नगरपालिका वार्ड नं ९ कलेनामा विध्यालय स्तरीय पढाइ मेला एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।
वर्ल्ड भिजन इन्टरनेस्नल नेपालको आर्थिक सहयोग सामुदायिक विकास केन्द्र डोटीको प्रावधिक सहयोग र तेडि माध्यमिक विद्यालय ,एक्वायर आधारभुत विध्यालय तथा तेडिकालिका आधारभुत विध्यालयको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ मा अवस्थित तेडि माध्यमिक विध्यालय को प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
बालबालिकाहरुको समावेशी तथा गुणस्तरीय शिक्षामा समन्यायिक पहुँच तथा पढ्ने बानिको बिकास गर्न विभिन्न किसिमका पढाईसंग सम्बन्धित प्रतियोगिताहरु, स्थानीय पहिचान बोकेका होलिनाच, रनपुतला लगायत सांस्कृतिक कार्यक्रमहरु सहित बिधालयलाई चन्दा र जग्गा उपलब्ध गराउने दाताहरुलाइ सम्मान गरि बिद्यालय स्तरिय पढाई मेला कार्यक्रम २०७८ भब्यताका साथ सम्पन्न भयकाे सामुदायिक विकाश केन्द्र डोटि र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारी मा संचालित समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गतका फिल्ड अधिकृत कृष्ण माझि जानकारी दिएर
उक्त कार्यक्रम तेडि माध्यमिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष तथा वडानम्वर ९ का वडा अध्यक्ष धर्म बहादुर साउदको अध्यक्षतामा, दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख मन्जु मलासिकाे प्रमुख आतिथीमा भएको कार्यक्रमका बिशिस्ट अथितीहरुमा सामुदायिक विकास केन्द्र,(CDC) का प्रतिनिधि डिल बहादुर नेपाली,तेडि माध्यामिक बिधालय का प्रधानाध्यापक टेक बहादुर बिष्ट, तेडि कालिका आधरभुत विधालयका प्रधानाध्यापक गािरख बहादुर खत्री, एक्वायर आधरभुत बिधालय का प्रधानाध्यापक शोभा बोगटी, मस्टेश्वर आधारभुत बिधालय का प्रधानाध्यापक गणेश बहादुर देउबा,अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख तथा प्रतिनिधि रहेका थिए ।
अतिथीहरूमा तिन वटै बिधालयका सम्पुर्ण शिक्षक, शिक्षिका, अभिभाबकहरू रहेका थिए भने कार्यक्रम मा तिन वटै बिधालयका विधार्थिहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै विविध शैक्षिक गतिविधि संञ्चालन गरिएको तेडि माध्यामिक बिधालय का प्रधानाध्यापक टेक बहादुर बिष्टले जानकारी दिएका छन ।
पढाइ मेला कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख मन्जु मलासिले आफु स्थानीय सरकार प्रमुखको हैसियतले यो ठाउँमा शिक्षामा केकति सहयोग गर्न सकिन्छ तयार रहेको प्रतिवद्वता ब्यक्त गर्नु भएको थियाे। कार्यक्रममा बिधालयमा बिद्यार्थीहरुको पढाईमा अझै उन्नति प्रगति गर्न, पढाइको गुणस्तर वृद्धि गर्न अहोरात्र खटिरहेको र जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको कार्यक्रम का अध्यक्ष तथा वडा नम्बर ९ कलेनाका वडाअध्यक्ष धर्म बहादुर साउदले बताए ।
पढाइ मेला संग-संगै विध्यार्थी काे शैक्षिक उन्नतिका लागि विभिन्न शिक्षा सम्बन्धी अरु क्रियाकलाप काे साथमा हामि र हाम्राे संस्था निरन्तर लागिरहेकाे र हामिलाइ यहाँकाे स्थानिय सरकार र स्थानिय वासिले ले सहयाेग गर्नेमा विस्वास रहेकाे सामुदायिक विकाश केन्द्र डोटि र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को साझेदारी मा संचालित समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत का फिल्ड अधिकृत कृष्ण माझि जानकारि दिए।