लम्की:कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आफन्तले पुर्ब पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने गौरीगंगा नगरपालिकाको चौमाला राजिपुरमा बिहिवार दिउसो बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्षिया ललित रावतको मृत्यु भएको थियो ।
पश्चिमबाट पूर्वतर्फ आईरहेको ना ४ख ३७२९ नम्बरको बसले सोही दिशामा गुडिरहेको म८प ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाइकल चालक रावतको उपचारको क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएकोछ।