धनगढी: कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१२ का २७ वर्षीय लालीजंग रावत घाइते भएका थिए।
दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक रावतको धागढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।