Advertisement
SKIP THIS
भारतबाट फर्किएका बझाङका कोरोना संक्रमितको मृत्यु

बझाङ: बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल प्रसन नारायण जोशीले जानकारी दिएका छन्।

संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए। जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा बैशाख १ गते एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा उनीमा संक्रमण पुस्टि भएको थियो। 

संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताएका छन्।

तपाईको प्रतिक्रिया