Advertisement
SKIP THIS
कोरोना संक्रमणबाट मृत्यु भएका अछामका पुरुषको अन्तिम संस्कार गरियो।

निराकरण सम्वाददाता अछाम:कोरोना संक्रमणबाट मृत्यु भएका अछामका पुरुषको अन्तिम सस्कार गरिएको छ।

जिल्लाको साँफेवगर नगरपालीका वडा ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान ७:३० बजे जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको थियोे ।

नेपाली सेनाको सहयोगमा बिहीबार आफन्तले उनको बुढीगंगा नदिमा अन्तिम सस्कार गरेका हुन ।

१५ दिन अघि भारतको गुजरातबाट आएका उनको बयालपाटा अस्पतालमा परिक्षण गर्दा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि पछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आईसोलेसनमा राखेर उपचार गरिएपनि बिहीबार बिहान मृत्यु भएको थियो । यो सङ्गै अछाममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ।

तपाईको प्रतिक्रिया