धनगढीः सोमबार सुदूरपश्चिमका थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा १७५ नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुस्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १३ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिएका छन्।
सेती अस्पतालको प्रयोगशालामा १३७ नमूना परीक्षण गर्दा १३ जनामा, महाकाली अस्पतालको प्रयोगशालामा २५ जनाको नमूना परीक्षण गर्दा ८ जनामा र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १३ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताएका छन्।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ८० पुगेको छ। जसमध्ये १४ हजार ६६ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।










