निराकरण सम्वाददाता अछाम:साफेँबगर नगरपालिका वडा नं.११ देविस्थानमा आरन सामाग्री वितरण गरीएको छ।
वडा कार्यलय देबिस्थानले वडा भित्रका परम्परागत आरन ब्यावसायीहरुलाई उनिहरुको सिप र कार्यमा दक्षता, परमपरा गत सिपको प्रवर्द्धन स्थानीय उत्पादनलाई प्रोत्साहन भई आर्थिक आय आजर्नमा सहज होस भन्ने उद्देश्यले वडा आरन सामग्री हस्तान्तरण गरिएको साफेँबगर नगरपालिका वडा नं.११ देविस्थानमा अध्यक्ष गणेश बहादुर खड्काले बताए ।
वडा अध्यक्ष गणेश बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडामा रहेका ८ जना आरन ब्यावसायीहरुलाई आरन मेशिन हतौडा काठ रेत फलामे रेत लोहा पिटने पडो घन सडासो वितरण गरीएको छ ।
उक्त कार्यक्रममा वडा सचिव धुर्व बि क सहजकर्ता प्रकाश खाती पशु प्राविधिक देवेन्द्र वड लगायतको उपस्थिति रहेको थियोे