Advertisement
SKIP THIS
कैलालीका विद्यालय १० दिनका लागि बन्द

कैलाली :कैलालीमा १० दिन विद्यालय बन्द गर्न  जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्ने समेत जनाएको छ । कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिन पछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने समेत जनाएको छ ।  

तपाईको प्रतिक्रिया