निराकरण सम्वाददाता अछाम: बान्नीगढी जयगढ गाउँपालीकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।स्थानीय स्रोतको उपयोग ,स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता,पूर्ण खोप सुरक्षित भबिष्य भन्ने मुल ध्येका साथ पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।
पूर्ण खोप सुनिश्चितता कार्यक्रम प्रमुख अथितीको आसनबाट बोल्दै जिल्ला समन्वय समितिमा कार्यवाहक प्रमुख लक्ष्मि शाहले बान्नीगढी जयगढ गाउँपालीकाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको आगामी दिनमा अझै उत्कृष्ट गाउँपालीका बनाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भुमिका रहने बताईन ।
कार्यक्रममा बोल्दै पालिका स्तरिय पूर्ण खोप समन्वय समितिका संयोजक तथा बन्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आजका बालबालिका भबिष्यमा कर्णदार भएकाले बालबालिहरुको सर्बाणिक बिकासको निम्ति खोप अनिवार्य भएको बताए ।
पुर्ण खोप घोषणा मात्रै गरेर न पुग्ने खोप लगाउन छुटेका बालबालिकालाई खोजेर भएपनि खोप लगाउन र खोप लगाउने प्रक्रियालाई निरन्तरता दिन अध्यक्ष खड्काले स्वास्थ्यकर्मीलाई आग्रह गरे। कर्मचारी र जनप्रतिनिधि एक जुट भएर लागेमा मात्रै स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रका गाउँपालिकाले गरेका कार्य हरु सफल हुने हुँदा सबै एकजुट भएर काम गर्न अध्यक्ष खड्काले अनुरोध गरे ।
कोरोना कलह बेला स्वास्थ्यकर्मीले पुर्याएको योग्दानको प्रशंसा गर्दै अब दोस्रो लहरको कोरोना संक्रमण पुनः
चलेको हुदाँ स्वास्थ्यकर्मीहरुले युद्ध अवस्थामा जसरी लाग्नुपर्ने अवस्थामा आएको बताए । दोस्रो चरणको कोरोना सङ्ग लड्न स्वास्थ्यकर्मीहरुमा अध्यक्ष खड्काले आग्रह गरे । दोस्रो चरणको कोरोना लहर सङ्ग के कस्ता सामाग्री आवश्यक पर्छन् र के कति बजेट आवश्यक पर्छ त्यसको माग गर्न स्वास्थ्य शाखालाई निर्देशन दिए। युद्ध अवस्थामा स्वास्थ्यकर्मीले कोरोना सङ्ग लडाइँ गर्नुपर्ने भएकोले आवश्यक सामाग्री लिई आफू सुरक्षित भएर स्वास्थ्य सेवा प्रदान गर्न अनुरोध गरे।
पालिका भित्रका १६ महिना देखि २३ महिना सम्मका १ सय ६८ बालबालिकालाई सबै प्रकारका खोप लगाई सकेपछि गाउँपालीकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालीकाका स्वास्थ्य शाखा प्रमुख वसन्त बहादुर रावलले जानकारी दिए।
कार्यक्रम बिशिस्ट अथिति बान्नीगढी जयगढ गाउँपालीका उपाध्यक्षमा लोक बहादुर साउद , वडा नं ३ बर्दादेविका अध्यक्ष कुल बहादुर सेठ्ठि वडा नं ४ तिमिल्सिना अध्यक्ष कर्ण बहादुर ठकुल्ला कार्यपालीका सदस्य केसर
विक लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा पूर्ण खोप दिगोपनाको प्रतिबेदन गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले प्रस्तुत गरेका थिए।