Advertisement
SKIP THIS
१ महिना पछि देखियो अछाममा निलो आकाश

निराकरण सम्वाददाता अछाम:१ महिना पछि अछाममा निलो आकाश देखिएको छ। प्रि मनसुनका कारण हल्का बर्षा भएपछि आकाश खुलेको हो।

शुक्रबार शनिबार हावाहुरी सहित हल्ला बर्षा हुदा डढेलोका कारण लागेको तुवाँलो समेत हटेको छ।

चैत महिना अछाममा अछाममा सबै बनहरुमा आगलागी भएको थियो । बनमा लागेको धुवाका कारण बायुमण्डल प्रदुषण हुदाँ घर बाहिर निस्कदा आँखा पोल्ने समस्या भएको थियो ।

शुक्रबार र शनिबार हावाहुरी सहित बर्षा हुदा बायुमण्डल समेत सफा भएको र हानिकारक धुवाँका कण समेत हटेको मौसम बिदले बताएका छन् ।

तपाईको प्रतिक्रिया