Advertisement
SKIP THIS
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बह्रमकुमारी ईश्वरी बिश्वबिद्यालयको सम्मान

अछाम:नेपाल पत्रकार महासंघ अछाम शाखाका नवनिर्वाचित पदाधिकारीलाई बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालय अछाम शाखाले सम्मान गरेको छ ।

नव बर्षको पहिलो दिन महासंघ अछामका पदाधिकारी र प्रदेश सदस्यलाई फुलमाला, खाँदा र टिकाले बह्रमकुमारीका दिदी कविता दिदीले सम्मान गरेकी थिईन् ।

सम्मान कार्यक्रम संगै बह्रकुमारीका बारेमा छलफल समेत गरिएको थियो । बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालयले गर्ने कामका बारेमा छलफलमा जानकारी गराईएको थियो ।

बिश्व बिद्यालयले समाज परिर्वतनका लागि राम्रो काम गर्दै आईरहेको थियो । समाजमा कुलतमा फसेका मानिसहरुको व्यावहार परिर्वतन गर्न लगायतका विभिन्न परोपरकारी काम बिश्व बिद्यालयले गर्दै आईरहेको छलफलमा जानकारी गराईएको थियो ।

आफुहरुले गरेको काम र संस्थालाई सहयोग गर्न बह्रमकुमारी ईश्वरी बिश्व बिद्यालय अछामका प्रमुख कविता दिदीले आग्रह गरेकी थिईन् ।

बिशुद्ध परोपकारका हिसाबले संचालित अछाम शाखाले राम्रो काम गरेको भन्दै पत्रकारहरुले प्रशंसा गरेका थिए । आगामी दिनमा महासंघले पनि सक्दो सहयोग गर्ने शाखा अध्यक्ष खम्म खत्रीले बचन दिएका थिए ।

तपाईको प्रतिक्रिया