Advertisement
SKIP THIS
नयाँ बर्षको पहिलो दिन टीकापुर पार्कबाट ३ लाख ५० हजार राजश्व संकलन ,के हो टीकापर पार्क ?

निराकरण सम्वाददाता टीकापुर:नेपालकै सबैभन्दा ठुलो उद्यान कैलालीको टीकापुर पार्कमा नयाँ वर्षको पहिलो दिन बुधबार रु ३ लाख ५० हजार राजश्व संकलन भएको छ ।

अघिल्लो वर्ष कोरोनाका कारण शुन्य अवस्था रहेको पार्कमा यस वर्ष पहिलो दिन नै रु ३ लाख ५० हजार राजश्व संकलन भएको हो ।

२०७६ सालको पहिलो दिन भने रु २ लाख ९३ हजार राजश्व संकलन भएको थियो । २०७७ सालमा कोरोना महामारीका कराण पार्क बन्द थियो । पहिलो दिन १२ हजार ५ सय नागरिकले पार्क अवलोकन गरेका पार्क इन्चार्ज अर्जुन कुँवरले जानकारी दिए ।

परिचय

टीकापुर पार्क लाई टीकापुर बृहत उद्यान नामले पनि चिनिन्छ।यो पार्कको वास्तबिक नाम बङ्गला हो।यो पार्क राजा महेन्द्रका पालामा स्थापना भएको थियो।कुनैताका यो पार्कमा राजामहाराजा आउने बस्ने गर्दथे। राजा बीरेन्द्र पनि रानी ऐश्वर्य र अन्य राज परिवारका निकटहरूसंग यो पार्क मा आउने गरेका थिए।वर्षेनी लाखौको संख्यामा पर्यटकहरू यो पार्क घुम्न आउछन।प्रयटकको संख्या कार्तिक मंसिरमा बढी हुने गर्दछ।

पार्क भित्र

यो पार्कमा एउटा प्रमुख पथ रहेको छ। यो पथको बिचमा एउटा स्तम्भ रहेको छ।पार्कमा धेरै थरिका फुलहरू रहेका छन।पार्कलाई तिनचार ओटा समुहमा बाडीएको छ। प्रत्येक समुहहरू फरक किसिमबाट सजिएका छन।उत्तर तर्फको बाटीकाको बिचमा बिश्राम स्थल रहेको छ।त्यसैको आगाडी पानिको फोहरा निर्माण गरिएको छ।पार्क भित्र फोटो खिच्नेहरू प्रसस्तै भेटिन्छन।

पार्क बाहिर

टीकापुर वाटीका बाहिर उत्तर पूर्वतिर बनभोज स्थल छुट्याईएको छ।त्याहाँ मानिसहरू बनभोज आयोजना गर्दछन।यसका लागि पानिको समेथ व्यावस्था गरिएको छ।मानिसहरू बनभोज संगै नाचगान गरेर रमाईलो गर्छन।प्राय तिहारमा देउसी भोलो खेल्ने समुहहरू पिकनिक आयोजना गर्ने भएकाले असोज, कार्तिक र मंसिर महिनामा यो क्षेत्र मानिसहरूले ढाकिएको हुन्छ।बनभोज स्थलबाट पूर्वतर्फ कर्णाली नदीबाट छूट्टिएर आएको नदी छ जहाँ र्याफ्टिङ खेलेर रमाईलो गर्न सकिन्छ।साथै मानिसहरू पौडी खेलेर समेत रमाईलो गर्ने गर्दछन।

तपाईको प्रतिक्रिया